नियम १४
अनुसन्धान तथा परामर्श आदि गर्न सक्ने

परिषद्ले राष्ट्रिय वा अन्तराष्ट्रिय सरकारी वा गैर सरकारी संघ संस्थाहरुसँग सम्झौता गरी अनुसन्धान, परामर्श तथा तालीम सम्बन्धी विषयमा आवश्यक काम गर्न सक्नेछ ।

तर अन्तराष्ट्रिय सरकारी वा गैरसरकारी संघ संस्थासँग अनुसन्धान परामर्श तथा तालीम सम्बन्धमा सम्झौता गर्दा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।